मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चाको शिखरमा ‘टुवेल्थ फेल’ की श्रद्धा

निर्देशक विधु विनोद चोपडाको फिल्म ‘टुवेल्थ फेल’ ले अहिले ओटीटी प्लाटफर्ममा धुम मच्चाइरहेको छ ।

नेपालमा दर्शक नपाए पनि भारतीय सिनेमा घरमा राम्रै सफलता पाएको यो फिल्मलाई अहिले त्यो भन्दा वढि सफलता मिलिरहेको छ । अर्थात अहिले यो फिल्मको चर्चा चौतर्फी छ भने सकारात्मक प्रतिक्रियाको बाढी नै आएको हाे । 

योसँगै विक्रान्त मैसीको यो फिल्ममा श्रद्धाको भूमिकामा देखिएकी अभिनेत्री मेधा शंकरको नाम समेत अहिले चर्चामा छ । 

सत्य घटनामा आधारित यो फिल्ममा जति राम्रो अभिनय विक्रान्तको छ उतिकै सुन्दर अभिनय मेधाको पनि छ । जसले फ्यानहरुको मन जित्दा हटनेसको मामलामा समेत उनले ‘एनिमल’ अभिनेत्री तृप्ती डिमरीलाई पछि पारेकी छिन् । 

भारतमा उनले नेसनल क्रसकै संज्ञा पाँउदा नेपालमा समेत उनको चर्चा कम छैन । सामाजिक सञ्जालमा उनलाई खोज्ने र फलो गर्नेहरूको सङ्ख्या समेत अहिले ह्वात्तै बढेको छ । 

यद्यपि उनको यही पहिलो फिल्म भने हैन । यसअघि सन् २०१५ मा डकुमेन्ट्री ‘सदैव आपके साथ’मा पनि उनले काम गरेकी थिइन ।

त्यसपछि ‘शादीस्थान और मैक्स मिन और मेवजाकी’ मा समेत उनले भूमिका निभाएकी थिइन । त्यस्तै टीवी सिरिज ‘दिल बेकरार’ मा आफ्नो अभिनयको छाप छोड्न सफल उनी अहिल ‘टुवेल्थ फेल’ बाट भने लाईमलाईटमा आएकी हुन  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?