मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा तौल घटाउन पिउनुहोस् यी सुप

नेपालमा गत वर्षहरूमा झैँ चिसोले बिस्तारै आफ्नो रूप देखाउन थालिसकेको छ । चिसोको मौसम सुरु भएसँगै हामीले चिसोबाट जोगिन खानपानमा पनि विशेष ध्यान दिनुपर्छ ।

यद्यपि अल्छीपना बोकेर आउने बढ्दो चिसोसँगै घट्ने शारीरिक क्रियाकलाप र भोक बढी लाग्ने कारण हाम्रो खानपान मोटोपनको आधार बन्न सक्ने खतरा पनि उत्तिकै रहन्छ । जसले जाडोमा मोटोपना बढ्नु स्वाभाविक भए पनि धेरैलाई यसले चिन्ता थपिदिने गरेको छ । 

यो लेखमा हामी जाडोमा फाइदाजनक र अनावश्यक तौल घटाउन सहयोग गर्ने ५ प्रकारका सुपबारे जानकारी दिँदै छौ । 

१. बन्दा गोपीको सुप

हुन त बन्दा गोपीको तरकारी नै पनि स्वास्थ्यका दृष्टिबाट धेरै लाईदायक मानिन्छ । यसका अलावा तपाई जाडोमा हुने अनियन्त्रित खानपानले मोटोपना नबढोस् भन्ने चिन्तामा हुनुहुन्छ भने यसको सुप तपाईँका लागि लाभदायक बन्न सक्छ । मिनरल्सका हिसाबले बन्दा गोपीमा क्यालोरी कम र फाइबर ज्यादा हुने गर्दछ । यही कारण यसको सुपले तपाईँको वजन घटाउन मद्दत गर्दछ भने तपाईँको भोक पनि मेट्छ 

२.च्याउको सुप

चिसो मौसममा च्याउ खानु स्वास्थ्यका दृष्टिले धेरै फाइदाजनक छ । साथै वजन कम गराउन समेत च्याउको सुप सेवन तपाईका लागि महत्त्वपूर्ण उपाय हुनसक्छ । यसमा क्यालोरी र धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छ जसले च्याउको सुपलाई वजन घटाउन महत्त्वपूर्ण,स्वादिष्ट र उत्कृष्ट विकल्प बनाउँदछ । 

३.टमाटरको सुप

टमाटरमा बिटा क्यारोटिनको र आइकोपिनको मात्रा धेरै हुन्छ । त्यसै गरी यसमा फाइबर ज्यादा र क्यालोरी कम हुन्छ । जसले वजन घटाउन मद्दत गर्छ भने बिटा क्यारोटिन शरीरका लागि फाइदाजनक तत्त्व हो । फलतः दिनदिनै यसको प्रयोगका साथै एक कटौरा टमाटरको तातो सुप पिउनाले भोकलाई नियन्त्रण गर्न र क्यालोरी ईनटेकको कम गर्न मद्दत पुग्छ । 

४.पालकको सुप

जाडो मौसममा पात खाने तरकारीहरू बजारमा प्रशस्त पाइन्छ । जो खानका लागि मिठो मात्र हुने नभएर स्वास्थ्यका लागि समेत लाभदायक हुने गर्दछ । जहाँ हरियो साग र पात खाने तरकारी भिटामिन ए को मुख्य श्रोत पनि हो । जसमध्ये पालकको सुपलाई तपाईँले जाडोमा वजन कम गराउने खाद्यपदार्थका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । यसमा क्यालोरी कम तर भिटामिन र मिनरल्स बढी हुने गुणले वजन घटाउन मद्दत गर्दछ । 

५.ग्रिन टी

जाडो र चिया त एक अर्काका परिपूरक जस्तै हुन । जहाँ चिया धेरैको जीवनशैलीको अभिन्न अङ्ग पनि हो । तर ग्रिन टी पिउनाले भने दोहोरो फाइदा हुन्छ । यसले चियाको तलतल मेट्नुका साथै यसमा रहेको पोलिफेनाल्स नामक तत्वले बोसो घटाउन सहयोग गर्छ । जसले प्रयोगले जाडोमा हुनसक्ने अनावश्यक तौल वृद्धिलाई कम गर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?