मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘द बुल’मा एक्सन रोलमा सलमान खान

काठमाडौं- अभिनेता सलमान खानका लागि सन् २०२३ निकै विशेष रह्यो । यो वर्ष सलमानको एक्सन फिल्म ‘टाइगर ३’ सुपरहिट भयो र दर्शकले फिल्ममा उनको एक्सन मन पराए ।

सलमान अहिले फेरी चर्चामा छन् । उनको चर्चाको विषय बनेको फिल्म ‘द बुल’ । जसको छायांकन छिट्टै सुरु हुँदैछ । फिल्ममा सलमान नयाँ लुक्समा देखिनेछन् । जसका लागि उनले अहिले विभिन्न कुराहरु प्रयोग गरिरहेका छन् । आफ्ना हरेक फिल्ममा फरक–फरक लुक्समा देखिएका उनी यस फिल्मको लुक्सका लागि निकै मेहनत पनि गरिरहेका छन् ।

केही समयअघि सलमानले फिल्म ‘द बुल’का लागि तौल घटाएको खबर आएको थियो । उनले फिल्ममा लुक्स परिवर्तन गर्न विभिन्न योग अभ्यास गरिरहेको चर्चा छ । जसका लागि विभिन्न तालिम पनि लिइएको छ ।

फिल्म ‘द बुल’लाई विष्णु वर्धनले निर्देशन गर्न लागेका हुन् । वर्धनले यसअघि सुपरहिट फिल्म ‘शेरशाह’ निर्देशन गरेका थिए । समाचार अनुसार यो चलचित्र यसअघि अन्य प्रोडक्सन हाउसले निर्माण गर्ने तयारी गरेको थियो । जसमा शाहिद कपुरको चर्चा भएको थियो । अहिले फिल्म धर्मा प्रोडक्सनले निर्माण गरिरहेको छ । जसमा सलमान मुख्य भूमिकामा रहनेछन् ।

सलमानलाई एक्सन हिरोको रुपमा चिनिन्छ । उनी ‘द बुल’ मा पनि एक्सन रोलमा देखिनेछन् । फिल्ममा उनको भूमिका ‘ब्रिगेडियर फारुक बुलसारा’ हो । यो बुलसाराको जीवनबाट प्रेरित फिल्म हो। बुलसाराले सन् १९९८ मा माल्दिभ्समा गरिएको अपरेशनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?