मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विमान चालक शाहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भई आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले राससलाई जानकारी दिए ।

उनका अनुसार शाहीका शैक्षिक प्रमाणपत्रका विषयमा आयोगमा उजुरी परेपछि छानबिन गर्दा निजले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

शाहीले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिलअन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको प्रवक्ता घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?