मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शेयर बजार घट्दा कारोबार रकम डेढ अर्बले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कुल एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता शेयर रु पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । सो कम्पनीको रु ३३ करोड ४५ लाख १५ हजार छ सय ४५ बराबरको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु १९ करोड ४८ लाख २६ हजार छ सय ८८, माउण्टेन इनर्जी रु १८ करोड ६४ लाख ८५ हजार चार सय ७३, एनआरएन इन्फास्ट्रचर रु १६ करोड २९ लाख ३८ हजार चार सय ४४ र युनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावर रु १५ करोड ६९ लाख तीन हजार नौ सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार कालिका पावर कम्पनी, सिङ्गटी हाइड्रो नेपाल बेयर हाउस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । मुक्तिनाथ कृषि कम्पनी नौ दशमलव ९८ र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्यारेन्स छ दशमलव ५६, मन्दकानिकी हाइड्रोपावर पाँच दशमलव ८०, नेपाल दूरसञ्चार कम्पनी पाँच दशमलव ४५, जानकी फाइनान्स पाँच दशमलव २८ र युनिलिभर नेपालका लगानीकर्ताले पाँच दशमलव शून्य आठ प्रतिशतले गुमाएका छन् । सेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ८३ अर्ब ४१ करोड ६९ लाख ४४ हजार चार सय ५९ बराबर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?