मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्युजिकबाट सन्यास लिँदै सेलेना ! अबको यात्रा कता?

अमेरिकी पप गायिक सेलेना गोमेजले म्युजिकबाट सन्यास लिने संकेत गरेकी छन् ।

हालै उनले दिएको एउटा अन्तरवार्तामा अब आराम गर्न चहान्छु भन्दै स्थायी रूपमै म्युजिक करियर छाड्न लागेको जनाउ दिएकी हुन् । उनी आफ्नो सारा ध्यान फिल्म र टिभी करियरमा लगाउन चाहन्छिन् ।

 ‘मलाई यस्तो लाग्छ कि मसँग एक अर्को एल्बम छ ।’ गोमेजले भनेकी छिन् – ‘तर म सायद अभिनयलाई रोज्नेछु ।’ 

सो अन्तर्वार्तामा उनले कामको बोझले सानै उमेरमा मानसिक स्वास्थ्यमा पर्ने असरबारे पनि कुरा गरिन् । उनी सन् २०१६ मा मानसिक समस्यासँग सङ्घर्ष गरिरहेकी थिइन् । यसको नतिजा स्वरुप उनले साङ्गीतिक टुर नै रोक्नुपर्ने निर्णय लिनुपरेको थियो । 

आफ्नो करियरमा  २०० भन्दा धेरै अवार्ड जितेकी पप स्टार गोमेज पहिलो पटक १० वर्षको उमेरमा टिभी शो बर्नी एन्ड  फ्रेन्ड्समा देखिएकी थिइन् । 

सेलेनालाई पहिला देखि नै अभिनेत्री बन्नु थियो । गायिका बन्नेबारे उनले कहिले पनि सोचेकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?