मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब यी चलचित्रमा देखिँदै प्रभास,’श्रीराम’ पछि बन्दै छन् ‘कल्कि’ र ‘शिव’

एजेन्सी– फिल्म ‘सलार’ पछि बाहुबली अभिनेता प्रभास आउन लागेको ‘कल्कि २८९८’ ले चर्चामा छन् ।

यसको ‘फस्ट लुक’ सार्वजनिक भए बाटै फिल्मलाई लिएर दर्शकमा चासो र उत्साह बढ्दो छ । जसमा प्रभावको चरित्र भगवान विष्णुका दशौँ अवतार कल्किबाट प्रेरित रहेको बताइएको छ ।

यो फिल्ममा कल्किको भूमिकापछि प्रभाव आउन लागेको अर्को फिल्ममा भगवान शिवको भूमिकामा देखिने छन् । जहाँ गत वर्ष प्रदर्शनमा आएको ‘आदीपुरुष’मा भने उनी भगवान श्रीरामको चरित्रमा देखिएका थिए । 

उनको फिल्म ‘कल्कि २८९८’ यही जनवरी १२ मै रिलिज हुने चर्चा थियो । तर अहिले पछि धकिलिएको प्रदर्शन मिति छिट्टै घोषणा हुने बताइएको छ ।

यता सलार पछि बलिउड चलचित्रमा धमाल मच्चाएका उनलाई ‘सलार २’ मा पनि देख्न दर्शकहरू आतुर देखिन्छन् । जसका लागि धेरै कुर्न नपर्ने प्रभासले खुलासा नै गरिसकेका छन् । 

बताइए अनुसार ‘सलार २ शौर्यांग पर्व’ मा शौरांग प्रभासको भूमिकासँग जोडिएको कबीला हुने छन् । जसमा देवाले वरदा कसरी आफ्नो दुश्मन भयो भन्ने पत्ता लगाउने प्रयास गर्ने छन् । जहाँ वरदाको भूमिका पृथ्वीराज सुकुमारन ले गरेका छन् । 

यसको अलावा प्रभास उनको अघिल्लो फिल्म ‘राजा डीलक्स’लाई लिएर समेत चर्चामा छन् । मारुति दासारी निर्देशित यही फिल्मबाट प्रभासले ‘हरर’ विधामा पाइला चाल्दै छन् ।

बताइए अनुसार यो फिल्ममा उनी हजुरबा र नातिको दोहोरो भूमिकामा देखिने छन् । यस फिल्ममा प्रभाससँगै संजय दत्त,निधि अग्रवाल,मालविका मोहनन्,रिद्धि कुमार समेत मुख्य अभिनय रहने छ । 

फिल्म निर्माणको बजेट बढ्न नदिन प्रभासले यसमा कमाईको हिस्सा प्राप्त गर्ने सम्झौता गरिएको छ । यो फिल्म अप्रिल १४ मा प्रदर्शनमा आउने चर्चा रहेपनि आधिकारिक मिति घोषणा भएको छैन । 

यस्तै उनको बहुप्रतिक्षित फिल्म ‘कल्कि २८९८’मा उनको भूमिकाको पनि अहिले चर्चा छ । यो पछि उनले निर्देशक मुकेश कुमार सिंहको फिल्म ‘कन्नप्पा’ मा भगवान शिवको भूमिका निभाउने छन् ।

यो उनको ‘केमियो रोल’ मात्र हुने बताइएको छ । मुल भाषा तेलुगुमा मा बनेको यो अन्य भाषामा समेत डब भएर यसै वर्ष प्रदर्शनमा आउने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?