मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको ड्राफ्ट तयार

काठमाडाैँ– नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको ड्राफ्ट तयार गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौता गर्न ड्राफ्ट तयार गरेको हो । 

ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले नेपाल र भारतबिच हुने दीर्घकालीन सम्झौतामा ऊर्जा सचिव गोपाल प्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले सम्झौता गर्ने बताए । उनका अनुसार भारतीय विदेश मन्त्रीको उपस्थितिमा दुई देशका ऊर्जा सचिवले प्रारम्भिक सम्झौतालाई अन्तिम रूप दिनेछन् ।

‘सम्झौता पक्का भइसक्यो । सम्झौताको ड्राफ्ट तयार भइसकेको छ,’ सिंहले भने, ‘भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर हुन्छ ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । 

जसलाई प्रचण्डले महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे पनि लामो समयसम्म प्रारम्भिक सम्झौता अघि बढेको थिएन ।  यहीबिचमा भारतीय विदेश मन्त्रीको नेपाल भ्रमण जुरेपछि सम्झौतालाई अघि बढाउन लागिएको हो । 

नेपाल र भारतबिच १० हजार मेगावाट बिजुली किनबेच गर्ने सम्झौताले नेपालको ऊर्जा व्यापार क्षेत्रमा नयाँ आयाम सुरु हुने बताइएको छ । यो सम्झौता सम्पन्न भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ । हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ । 

यसबाहेक, जयशंकरको भ्रमणका क्रममा तीन वटा प्रसारणलाई समेत उद्घाटन हुनेछ । भ्रमणका क्रममा नेपाल र भारतका विदेशमन्त्रीले संयुक्त रुपमा १२३ केभिए क्षमताको कटैया–कुशाहा प्रसारणलाईको दोस्रो खण्ड उद्घाटन गर्नेछन् ।

यसबाहेक, १३२ केभीए क्षमताकै रक्सौल–परवानिपुर प्रसारणलाईको दोस्रो खण्ड र १३२ केभीए क्षमताकै नौतन्या–मैन्हिया प्रसारणलाई समेत उद्घाटन हुने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले  बिजुली किनबेचको पूर्व सम्झौताले अन्तिमरुप पाउनु खुसीको विषय भएको बताए । उनले भारतसँगको नयाँ सम्झौताले नेपालमा उत्पादित बिजुलीका लागि पर्याप्त बजार खुल्ने बताए । तर, निर्यातका लागि बिजुली नरहेको विषयमा सरकार गम्भीर बनेर लाग्नुपर्ने समेत उनको भनाई छ ।

हाल राष्ट्रिय ग्रीडमा ३ हजार मेगावाट जोडिएको छ । यसमध्ये २ हजार मेगावाट आसपास बिजुली निजी क्षेत्रबाट उत्पादन भइरहेको छ ।
यसको अर्थ तत्कालीन अवस्थामा १ हजार मेगावाट आसपास बिजुली मात्रै नेपाललाई बढी हुँदै आएको छ भने १० हजार मेगावाट बिजुली बेच्ने सम्झौता गरेर १ हजार मेगावाटमा अड्किँदा प्रत्यक्ष लाभ लिन नसकिने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

सोही कारण, सरकारले पीपीएको पर्खाइमा रहेका १० हजार मेगावाट क्षमताका आयोजनालाई अघि बढाउनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको माग छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?