मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धुम मच्चाउदै शाहरुखको डंकी, कटायो ४०० करोडको आँकडा

काठमाडाैँ– हालै प्रदर्शनमा आएको शाहरुख खान स्टारर फिल्म डंकीले बलिउड फिल्म जगतमा धुम मच्चाईरहेको छ । चलचित्र हलमा रिलिज भएको १२ दिन बितिसक्दा समेत यसले उत्कृष्ट कमाई गरिरहेको छ । 

शाहरुख खान, तापसी पन्नु, विक्की कौशल र बोमन इरानी अभिनीत यो फिल्मले  ४०० करोडभन्दा बढी कमाइ गरिसकेको रेड चिलीज इन्टरटेनमेन्टले जनाएको छ । 

डंकीले १३औँ दिनमा पुग्दा विश्वव्यापी रुपमा ४००.४० करोड कमाएको छ । सोमबार यो फिल्मले भारतीय बक्स अफिसमा मात्रै ९.२५ करोड कमाएको छ । योसँगै शाहरुख खानको फिल्मले भारतमा १९६.९७ करोड कमाइ गरिसकेको छ ।

उता, फिल्मले विश्वभर ४ सय करोड भारु पार गरिसकेको छ । राजकुमार हिरानीको फिल्म डकीले अहिलेसम्म ग्लोबल बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको हो ।

शाहरुख खानको २०२३ मा रिलिज भएका तीन फिल्म मध्ये डंकी सबैभन्दा कम कमाउने फिल्म हो। जबकी जवान र पठान किंग खानको करियरको ब्लकबस्टर फिल्म हो ।

शाहरुख खानको फिल्म डंकी गत २१ डिसेम्बरमा थिएटरमा रिलिज भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?