मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘दुल्हनिया ३’ काे तयारीमा करण,आलिया भट्ट आउट !

हंप्टी शर्माको दुल्हनिया र बद्रीनाथको दुल्हनियापछि  निर्माता करण जौहर तेस्रो सिक्वेलको रूपमा ‘दुल्हनिया ३’ तयारीमा जुटेका छन् । फिल्मका लागि जौहरले वरुण धवन लिइसकेका छन् ।

तर फिल्ममा आलिया भट्टको अभिनय रहने नरहने अनुमान गरिएको छ ।

रिपोर्टका अनुसार जौहरले धर्मा प्रोडक्शनको ब्यानरमा ‘दुल्हनिया ३’ सुरु गरेका हुन् । यो फिल्मको मुख्य भूमिकामा वरुण नै देखिनेछन् भने अभिनेत्री परिवर्तन गर्न खोजिएको बताईएको छ । 

यस अगाडिको दुई सिक्वेलमा भने हिरोइन अभिनेत्री आलिया भट्ट थिइन् । तर यो पटक करणको फिल्मबाट नयाँ अनुहार लन्च गर्ने योजनामा छन् । यहि कारण निर्माण युनिट वरुणको जोडिका रूपमा  फ्रेस अनुहारको खोजीमा छ । 

रिपोर्टका अनुसार फिल्म पछिल्लो दुई सिक्वेलका निर्देशक शशांक खैतानले निर्देशन गर्नेछन् । फिल्मको आइडिया समेत  वरुण, करण र शशाांक मिलेर नै बनाएका हुन् ।

अहिले स्क्रिप्ट समेत फाइनल भएको छ । फिल्मको सुटिङ  छिट्टै हुनेछ भने फिल्म २०२५ मा रिलिज हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?