मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिनल्यान्ड र स्विडेनमा अत्यधिक चिसो, तापक्रम माइनस ४० डिग्रीभन्दा तल

फिनल्यान्ड र स्विडेनमा मंगलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ । थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ ।

चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ । स्विडेनका रेल अपरेटरहरूले चिसोका कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन् ।

स्विडेनको सार्वजनिक प्रसारक एसभिटीका अनुसार उत्तरी स्विडेनमा आदिवासी सामी बसोबास गर्ने एउटा सानो गाउँ निक्कालुओक्टामा मंगलबार बिहान तापक्रम शून्यदेखि माइनस ४१ दशमलव छ डिग्री सेल्सियस तल पुगेको छ ।

स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै स्थानमा शून्यभन्दा ३० डिग्री सेल्सियस तल तापक्रम भएको सूचना दिएको छ । साथै उसले दक्षिणी स्विडेनका लागि हिउँ र हावाको चेतावनी जारी गरेको छ । संस्थानको दोस्रो उच्च चेतावनी आधा रातदेखि बुधबारसम्म लागु हुन्छ ।

छिमेकी फिनल्यान्डमा यो जाडोको चिसो रेकर्ड उत्तरपश्चिमी सहर यलिभिस्कामा गरिएको छ । त्यहाँ मङ्गलबारको प्रारम्भमा तापक्रम शून्यदेखि ३७ दशमलव आठ डिग्री सेल्सियससम्म तल झरेको थियो । पूर्वानुमानकर्ताहरूले पूरै साता केही स्थानमा तापक्रम शून्यदेखि ४० डिग्री सेल्सियससम्म झर्ने बताएका छन् ।

फिनिस राजधानी हेलसिन्कीमा तापक्रम शून्यदेखि १५ र २० डिग्री सेल्सियसको बीचसम्म तल झर्ने अपेक्षा गरिएको थियो । दक्षिणी नर्वेको अरेन्डल सहरमा बालबालिकालाई स्कुल जानका लागि समयमै फुटपाथ सफा गर्न सम्भव नभएकाले बुधबार स्कुल बन्द रहने अधिकारीहरूले बताएका छन् ।

डेनिस अधिकारीहरूका अनुसार पूरै क्षेत्रमा कयौँ डुङ्गा कम्पनीहरूले दक्षिणी नर्वेदेखि डेनमार्कसम्मको क्रसिङसहितका केही क्रसिङलाई रद्द गरिएको छ । तीव्र हावाका कारण एउटा मुख्य पुललाई हलुका ट्रेलर भएका सवारीका लागि बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?