मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायक यश कुमारले रिलिज गरेको म्युजिक भिडियोको ‘टिजर’ मा कतै गाली, कतै वाहवाही!


काठमाडौं– कुनै बेलाका लोकप्रिय गायक तथा अभिनेता यश कुमारले हालै एक म्युजिक भिडियोको टिजर सार्वजनिक गरे ।

नयाँ म्युजिक भिडियो आउन लागेको भन्दै उनले फिल्मी शैलीमा टिजर सार्वजनिक गरे । उक्त टिजर रिलिज भएपछि कतिपयले यो गीतलाई लिएर विरोध जनाएका छन् भने कतिपयले कमेन्टमा ‘सामाजिक यथार्थ’ लाई प्रस्तुत गरेको भन्दै तारिफ गरेका छन् ।

टिजरमा नेपाली समाजको सामाजिक विभेदलाई प्रस्तुत गरिएको छ । तर, समुदायलाई लक्षित गरी टिजरमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा उनको विरोध पनि भएको छ ।

गायक यशकुमारको आफ्नै शब्दसमेत रहेको यो म्युजिक भिडियोमा ब्राह्मण समुदायमाथि प्रहार गरेको भन्दै विरोध भएको हो ।

‘यश कुमार पनि प्रकाश सपूतको लयमा हिँडेछन्, गीतमा विवादित डायलग हालिदिने, विवादित भएपछि मान्छेले के रहेछ र त्यस्तो भनेर हेर्छन्, त्यसपछि भ्युज बढ्यो, पैसो पनि आयो,’ एक प्रयोगकर्ता लेख्छन् ।

युट्युबमा अर्का प्रयोगकर्ता लेख्छन्, ‘सुस्तरी सुस्तरी गीतमा झैँ यो गीतमा पनि अपार सफलता मिलोस्, शुभकामना ।’

अर्का प्रयोगकर्ता लेख्छन्, ‘सामाजिक विभेदलाई न्यायपूर्ण तरिकाबाट आफ्नो प्रस्तुतिमार्फत दमदार रुपमा पस्किनुभएकोमा सफलताको शुभकामना ।’

गायक यशकुमार सामाजिक विभेद र जातीय विभेदका गीत ल्याएर चर्चामा आउने गर्छन् । उनले जातीय विभेदकै मुद्दा उठान गरेर फिल्म समेत निर्माण गरेका छन् ।

उनका गीत मैले छोएको पानी चल्दैन, म आफ्नै आँगनमा इनार बनाउँछु, भनेकै थिएँ बाटैमा घर छ लगायतका गीत लोकप्रिय छन् । पछिल्लो समय उनले बजारमा ल्याएको ‘सुस्तरी सुस्तरी’ पनि दर्शकले रुचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?