मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा कसरी गर्ने दुई पाङ्ग्रे सवारी साधनको सुरक्षा ?

बढ्दो जाम र पार्किङ समस्याका कारण दुई पाङ्ग्रे सवारी साधनको लोकप्रियता बढ्दो छ । अझ सानो आर्थिक श्रोत भएका र कामकाजी व्यक्तिहरूका लागि यस्ता साधन सबैभन्दा राम्रो विकल्प बन्दा यसको सुरक्षा र सम्भार पनि महत्त्वपूर्ण विषय हो । 

आउनुहोस् जाडोमा यस्ता दुई पाङग्रे सवारी साधनको सुरक्षा कसरी गर्ने जानौँ :

– मोटरसाइकल वा स्कुटरलाई रातको समय बाहिर त्यत्तिकै छाड्न हुँदैन । यस्ता सवारीसाधनका लागि सकभर शीत नलाग्ने छुट्टै टहरा वा स्पेसको व्यवस्था गर्नुस्, बाहिरै राख्नुपर्ने अवस्था आएमा वाटर प्रुफ कभर प्रयोग गर्नुहोस् ।

– नियमित रूपमा हावा चेक गर्नुहोस्  ,चेन, गियर र अन्य पार्टहरू (बोल्ट, नटलगायत)  को सफाइ गर्नुस् । त्यस्तै यी पार्टहरुमा लुब्रिकेन्ट्स हाल्नुस् । 

 – चिसोले बाइकको ब्याट्रीमा पनि असर गर्छ, त्यसैले यस्ता साधन राख्ने ठाउँको तापक्रम ठिक्क हुन जरुरी छ । त्यसमा ध्यान दिनुहोस्  समय–समयमा वर्कसपमा  लगेर बाइक चेक तथा सर्भिसिङ गराउनुहाेस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?