मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ह्रश्व दीर्घ’ मार्फत चलचित्रमा पुनरागमन गर्दै विपना

एक समयकी चर्चित नायिका विपना थापा चलचित्र ‘ह्रश्व दीर्घ’ मार्फत नेपाली चलचित्रमा पुनरागमन गर्दैछिन् ।

उक्त फिल्मको हाल चितवनमा छायाङ्कन भइरहेको छ । १७ बर्षपछि चलचित्र सेटमा देखिएकी उनी पुनरागमनलाई लिएर केही नर्भस समेत देखिएकी हुन् ।

‘ह्रश्व दीर्घ’ अभिनेत्री नीता ढुंगानाले निर्माण र चन्द्र पन्तको निर्देशन बन्न लागेको चलचित्र हो ।

चलचित्रमा विपना सहित नीता ढुंगाना, हरिहर अधिकारी,सरोज खनाल, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?