मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कान छेड्नुको रहस्य

नेपाली समाजमा केही समुदायबाहेक हरेकमा कान छेड्ने प्रचलन छ ।

हिन्दु शास्त्रमा जन्मदेखि मृत्युसम्मका १६ संस्कारको वर्णन गरिएको छ । यी १६ अनुष्ठान मध्ये कान छेड्नु पनि एक हो ।

बालबालिकालाई सानैमा दुवै कान छोडिदिएर सुनका आभूषणहरू लगाइदिने प्रचलन हाम्रो समाजमा विद्यमान रहेको छ ।

शस्त्रीय मान्यता अनुसार कान छेडेपछि बालबालिकाको बौद्धिकता बढ्छ । यसले राम्रो ज्ञान प्राप्त गर्न मद्दत गर्दछ ।

कान छेड्ने प्रक्रिया धार्मिक मात्र हैन वैज्ञानिक रूपमा पनि लाभदायक मानिएको छ । कानको तल्लो भागमा जहाँ प्वाल बनाइन्छ, त्यहाँ मस्तिष्कलाई सक्रिय पार्ने बिन्दु हुन्छ । बच्चाको कान छेड्दा यो बिन्दुमा दबाब आउँछ र मस्तिष्क सक्रिय हुन्छ भन्ने तथ्य रहेको छ ।

अकुपञ्चर विधिमा पनि स्नायुहरू कानको तल्लो भागमा जोडिएको हुन्छ र यस बिन्दुमा कान छेड्दा, आँखाको ज्योतिमा सुधार हुन्छ भनिएको छ ।

विशेषगरी स्त्रीहरूले कान छेड्दा उनीहरूको महिनावारी नियमित रहने तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?