मुक्कुमलुङको अस्तित्व कसरी जोगाउने ?
काठमाडौँ– यतिबेला मुक्कुमलुङ (पाथिभरा) र मुक्कुमलुङबासीहरु पीडामा छन् । आफ्नै लय र सभ्यतामा ठडिएको मुक्कुमलुङको काख रक्ताम्मे भएको छ । मुक्कुमलुङमा विकास पुर्याउने योजनाकर्ताहरु विकासे सपना देखिरहेको यो समयमा मुक्कुमलुङको शिरलाई ढाक्नेहरु कोही छातीमा गोली बोकेर अस्पतालको शैयामा छटपटिएका छन् भने कोही सडकमा उभिएका छन् । मुक्कुमलुङको अस्तित्वलाई बचाइराख्नुपर्छ भन्ने बाँकी योद्धाहरु भने यतिबेला थापागाउँस्थित मण्डला थिएटरमा कलाकारको रुपमा उभिएका छन् । यी योद्धाहरु भने मुक्कुमलुङको अस्तित्व रक्षाका लागि सांस्कृतिक स्वरुपमा उपस्थित भएका हुन् । राज्यको विकासे रणनीतिलाई तत्काल रोकेर मुक्कुमलुङको शिर जोगाउन लडेकाहरु सडकमा