जसले ओझेल परेको ‘कार्मारोङ’लाई चिनाउन कलाको बाटो रोजे
काठमाडौँ– मुगु जिल्लाको हिमालको काखैमा छ, ‘कार्मारोङ’ क्षेत्र । हिमालयको दुर्गम भूगोल भएपनि समुदायको सांस्कृतिक, सामाजिक एवं आध्यात्मिक अभ्यासहरुमा ‘कर्मारोङ’को सौन्दर्य झल्किरहेको छ । त्यहाँ कार्मारोङ बासीहरुको आफ्नै जीवन जिउने लय र पद्धतिहरु छन् । ‘कर्मारोङ’ र त्यहाँका मानिसहरु भौगोलिक रुपमा राजधानीदेखि निकै दूर छ । राजधानीको शासन र सत्ता, सत्ताले तय गर्ने विकासे योजना, समृद्धि तथा उन्नतिका सबै पक्षहरुबाट ‘कार्मारोङ’ बेखबर छ । आफ्नो लयमा बाँचेका उनीहरुले राजधानी केन्द्रित सत्तालाई प्रश्न गर्न आएनन् र सत्ताले पनि उनीहरुलाई खोजेनन् । यसरी सदियौंदेखि चलिरहेको छ, ‘कार्मारोङ’को