नेवार समुदायको मोहनी नख:
काठमाडौँ– दशैँ भन्ने बित्तिकै सबैले रातो टीका र पहेँलो जमरालाई नै सम्झिन्छन् । सामान्यतयाः निधारमा रातो टीका र शिरमा जमरा सिउरिएपछि दशैँ मनाएको भन्ने बुझिने गरिन्छ । त्यसैले पनि दशैँमा रातो टीका र जमराको आफ्नै महत्व छ । तर, नेवार समुदायले भने दशैँमा रातो टीका र जमराभन्दा पनि कालो टीकालाई विशेष महत्व दिने गरेको पाइन्छ । उसो त नेवार समुदायले दशैँमा रातो टीका नलगाउने भन्ने चाहीँ होइन । नेवार समुदायमा पनि रातो टीका र जमरा लगाउने चलन छ । तर नेवार समुदायमा रातो टीकाभन्दा पनि