विश्वप्रसिद्ध नाटककार शेक्सपियर: सानै उमेरमा गरेका थिए विवाह, व्यापारी पनि थिए
काठमाडौँ- अंग्रेजी साहित्यका महान् लेखक विलियम शेक्सपियरलाई नचिन्ने बिरलै होलान् । कवि, नाटककार र अभिनेताको रुपमा अंग्रेजी साहित्यमा उनको स्थान अग्र स्थानमा छ । उनलाई अंग्रेजी भाषाको इतिहासमा सबैभन्दा प्रभावशाली लेखकका रुपमा मानिन्छ । तिनै प्रभावशाली लेखक शेक्सपियरका बारेमा आश्चर्यजनक तथ्यहरुबारे जानकारी दिन गइरहेका छौँ । शेक्सपियरले हिज्जे तथा वर्षविन्यास मिलाउन सकेनन् शेक्सपियरले विद्यालयको शुरुवातीम दिनमा स्थानीय विद्यालयमा ल्याटिन भाषा सिकेका कारण उनले हिज्जे तथा वर्षविन्यास मिलाउन सकेका थिएनन् । स्थानीय सबैले आफूले चाहेको शब्दहरू हिज्जे गर्थे। शेक्सपियरले आफ्नो नाममा शुरुवातमा विलम शाक्प, विलियम शाक्सप,