काठमाडौं – नेपाली चलचित्र नरसिंहा आजदेखि देशभर एकै साथ प्रदर्शनमा आएको छ। चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार यो चलचित्रले नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।
आठ वर्षपछि महानायक राजेश हमालको पुनरागमनले दर्शकहरूमा विशेष उत्साह थपेको छ। चलचित्रमा आशा पौडेल, सनिषा भट्टराई, समाइरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, उषा खड्गी, नीति शाह, राज कटुवाल, नीर शाह र सरोज खनालको अभिनय रहेको छ।
रजुविक्रम थापाको छायाँकन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द निर्देशन तथा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन चलचित्रमा समावेश छ।
नरसिंहा सामाजिक, पारिवारिक र न्यायको पक्षमा आधारित कथामा निर्माण गरिएको छ। नेपाली समाजको समसामयिक यथार्थ, अन्यायविरुद्धको सङ्घर्ष र पारिवारिक सम्बन्धको उतार–चढावलाई चलचित्रले प्रभावशाली रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया