मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री बिपना थापा नयाँ फिल्म ‘आ बाट आमा’मा मुख्य भूमिकामा

काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्र पन्तले निर्माण गर्न लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’मा अभिनेत्री बिपना थापा मुख्य भूमिकामा देखिने भएकी छन्।

१६ वर्षको अन्तरालपछि ‘ह्रस्व दीर्घ’मार्फत नेपाली रजतपटमा पुनरागमन गरेकी थापासँग निर्देशक पन्तले यो दोस्रोपटक सहकार्य गर्न लागेका हुन्। निर्देशक पन्तका अनुसार फिल्म ‘आ बाट आमा’ले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धको गहिरो कथा प्रस्तुत गर्नेछ। यही कथावस्तुले बिपनालाई उपयुक्त ठानेर उनलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको बताइएको छ।

अभिनेत्री थापा फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित रहेको बताउँदै भन्छिन्, “कथाले सुन्नासाथ नै मन छोयो, भावुक बनायो, त्यसैले म यो फिल्ममा काम गर्न राजी भएँ।”

थापाले ‘ह्रस्व दीर्घ’ फिल्ममा मेयरको भूमिका निर्वाह गरेकी थिइन्, जुन फिल्म दर्शकमाझ निकै रुचाइएको थियो। ‘आ बाट आमा’को स्क्रिप्ट अभिमन्यू निरवीले लेखिरहेका छन्। केही दिनअघि सार्वजनिक गरिएको थिम पोस्टरमा आमाको आँखाबाट झर्ने आँसुलाई बच्चाको हातले अड्याउने प्रयास गरिएको देखाइएको छ, जसले फिल्मको भावनात्मक पाटोलाई झल्काउँछ।

निर्माण पक्षका अनुसार फिल्म आगामी भदौदेखि छायाङ्कनमा जानेछ भने फाल्गुन १५ गते प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। बिपनाबाहेक अन्य कलाकारहरूको छनोट प्रक्रिया भने जारी रहेको छ। निर्देशक पन्तले छिट्टै अन्य कलाकार तथा प्राविधिकहरूको टुङ्गो लाग्ने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?