काठमाडौं- लोकप्रिय गायिका प्रीति आलेले नयाँ गीत ‘भो चाहिँदैन’ मार्फत रक शैलीमा फरक प्रयोग गरेकी छन्।
गीतमा स्वर, शब्द, लय र निर्देशनसमेत गायिका आफैंले सम्हालेकी छन्। ठमेलस्थित एलओडी क्लबमा छायांकन गरिएको भिडियोमा लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना सन्देश दिइएको छ।
भिडियोमा प्रकाश सपुत, सुशिल नेपाल, एलिना खनाल, दिभिषा शर्मा र सुमन खड्का देखिएका छन्। गीतले सार्वजनिक भएको २४ घण्टामै दुई लाखभन्दा बढी भ्युज पाएको छ। दर्शकले प्रीति आलेको नयाँ शैली र सामाजिक सन्देशलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया