काठमाडौं- हलिउड अभिनेता ब्राड पिट छिट्टै तेस्रो विवाहको तयारीमा छन्। उनले आफ्नी प्रेमिका इनेस डी रामोनलाई हालै विवाह प्रस्ताव गरेका छन्।
सन् २०२२ देखि डेट गर्दै आएका उनीहरूले तीन वर्ष लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेका हुन्। पिटले न्युजिल्यान्ड फिल्म सुटिङ जानुअघि इनेसलाई प्रस्ताव राखेका हुन्। इनेस पेशाले गहना डिजाइनर हुन्।
एन्जेलिना जोलीसँग लामो समयदेखि चलिरहेको सम्बन्धविच्छेद प्रक्रिया यही वर्ष सकिएको हो। यसअघि ब्राडले अभिनेत्री जेनिफर एनिस्टनसँग सन् २००० मा विवाह गरेका थिए।
एन्जेलिनासँगको विवाह सन् २०१४ मा भएको थियो भने २०१६ मा उनीहरू अलग भएका थिए। अब ब्राड नयाँ जीवन सुरू गर्न अग्रसर देखिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया