नयाँ दिल्ली- टीभी अभिनेत्री सुरभि ज्योति र उनका पति सुमित सुरीबीच खटपट भएको हल्ला चलिरहेको छ। हालै एक अन्तर्वार्तामा सुरभिले आफ्नो वैवाहिक जीवनबारे सनसनीपूर्ण खुलासा गरेकी छिन्।
गत वर्ष अक्टोबरमा उत्तराखण्डको जिम कर्बेटस्थित आहाना रिसोर्टमा उनीहरूले विवाह गरेका थिए। विवाहपछि एउटै घरमा बसे पनि सुरभि र सुमित फरक–फरक कोठामा बस्ने गरेका छन्।
पिंकभिल्लालाई दिइएको अन्तर्वार्तामा सुरभिले कोठा छुट्याउने निर्णय आपसी समझदारीमा गरिएको बताएकी छन्। ‘हामीले एकअर्कालाई स्पेस दिन आवश्यक ठानेका थियौं,’ उनले भनिन्। ‘हामीसँग समान सोच छ र यस्तो बसाइले वैवाहिक सम्बन्ध अझ बलियो बनाएको छ।’
सुरभि र सुमित ‘हांजी– द म्यारिज मन्त्र’ नामक म्युजिक भिडियोमा काम गर्दा नजिकिएका थिए। सुरभि ‘कुबुल है’, ‘नागिन’, ‘इश्कबाज’ लगायतका चर्चित टेलिशृंखलाबाट परिचित छन्। उनले केही पञ्जाबी फिल्महरूमा पनि अभिनय गरेकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया