मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित

काठमाडौँ – भेनेजुएलाका आप्रवासीहरूलाई देश निकाला गर्ने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमाथि अमेरिकी सर्वोच्च अदालतले शुक्रबार रोक लगाएको छ ।

धेरै आप्रवासीहरू हाल टेक्सासको हिरासत केन्द्रमा राखिएका छन्। ट्रम्प प्रशासनले १७९८ को ‘एलियन एनिमिज एक्ट’ मार्फत उनीहरूलाई जतिसक्दो चाँडो देशबाट निकाल्न चाहेको थियो।

तर, ट्रम्प प्रशासनको निर्णयलाई रोक्दै अदालतले देशबाट निकाल्नु अघि सरकारले कानुनी प्रक्रिया पूरा गर्ने अवसर दिनुपर्ने बताएको छ । अदालतले यो पनि भनेको छ कि ट्रम्प प्रशासनले अवलम्बन गरेको तरिका जस्तै आप्रवासीहरुलाई २४ घण्टा भित्र बिना सुनुवाई देश बाहिर पठाउने तरिका बिल्कुलै ठीक छैन्, यो गलत हो ।

एलियन एनिमिज ऐन युद्धकालीन कानून हो, जसमा देशबाट शत्रुहरूलाई निष्कासन गर्न कुनै कानुनी कारबाही गर्नु पर्दैन। तर, यसलाई अमेरिकी संविधानका केही प्रावधानहरूमार्फत अदालतमा चुनौती दिइएको थियो।

यस निर्णयको अर्थ आप्रवासीहरूलाई उनीहरूलाई किन निर्वासन गरिँदैछ भनेर जान्न र अदालतमा चुनौती दिने अधिकार रहेको छ। तर, यो निर्णय अस्थायी हो र यसबारे सम्पूर्ण कानुनी लडाइँ अझै बाँकी नै रहेको छ ।

सर्वोच्च अदालतले यो मुद्दालाई तल्लो अदालत (पाँचौं सर्किट अदालत) मा फिर्ता पठाएको छ ताकि त्यहाँ अझ राम्ररी सुनुवाइ होस्। यो त्यही अदालत हो, जसले अप्रिलमा यस मुद्दामा हस्तक्षेप गर्न अस्वीकार गरेको थियो।

यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालतले अपराधीलाई देश निकाला गर्न दिँदैन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?