एजेन्सी- मे ७ मा भएको भारतीय सेनाको सैन्य कारबाही ‘अपरेशन सिन्दूर’ ले बलिउडमा हलचल मच्चाइरहेको छ। पाकिस्तानका ७ सहरमा रहेका ९ आतंकवादीमाथि गरिएको उक्त अपरेशनको शीर्षक ‘अपरेशन सिन्दूर’ अहिले बलिउडमा निकै मागमा रहेको छ।
फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइजका उपाध्यक्ष बीएन तिवारीका अनुसार हालसम्म ५० भन्दा बढी निर्माता उक्त शीर्षकमा चलचित्र बनाउन इच्छुक देखिएका छन् र धेरैले नाम दर्ता गर्न आवेदन दिइसकेका छन्।
नियम अनुसार, पहिलो आवेदन दिने निर्माता मात्रले ‘अपरेशन सिन्दूर’ नाममा चलचित्र बनाउन पाउने छन्, भने अन्यले मिल्दोजुल्दो शीर्षक जस्तै ‘देशका सिन्दूर’, ‘इन्साफका सिन्दूर’ प्रयोग गर्न सक्नेछन्।
यसबाहेक, रिलायन्स इन्डस्ट्रीजले पनि उक्त नाम ट्रेडमार्कको लागि मे ७ मै आवेदन दिएको भए पनि पछि फिर्ता लिएको छ।
विशेषज्ञहरूको भनाइमा, ‘अपरेशन सिन्दूर’लाई हालसम्मकै सबैभन्दा सफल सैन्य कारबाही मानिएको छ, जसले गर्दा यो शीर्षक बलिउड निर्माता बीच आकर्षणको केन्द्र बनेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया