मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हवाई उद्यमी वीरेन्द्रबहादुर बस्नेतको ‘बाइ द बुक’ सार्वजनिक

काठमाडौँ- हवाई उद्योगमा दुई दशकभन्दा लामो अनुभव बटुलेका बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले लेखेको पुस्तक ‘बाइ द बुक’ आज एक समारोहका बीच सार्वजनिक भएका छन्।

पुस्तकमा बुद्ध एयरको स्थापनादेखि सफलतासम्मको यात्रासँगै व्यवस्थापन, नेतृत्व, सपना, सङ्घर्ष र दूरदृष्टिका आयामहरू समेटिएका छन्। ललितपुरमा आयोजित विमोचन कार्यक्रममा कर्मचारी सञ्चय कोषका तत्कालीन प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ र हिमालयन बैंकका सिइओ अशोक शमशेर जबराले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

श्रेष्ठले बुद्ध एयरलाई कुशल व्यवस्थापन र गुणस्तरीय सेवाको प्रेरणादायी नमुना भन्दै पुस्तक व्यवसायिक क्षेत्रमा लाग्न चाहनेका लागि मार्गदर्शक बन्ने बताए। सिइओ जबराले हवाई उद्योगमा उदाहरणीय भुमिका निर्वाह गरेको बुद्ध एयरसँग साझेदारी गर्नु गौरवको विषय भएको बताए।

लेखक बस्नेतले पुस्तक लेख्नुको उद्देश्य नयाँ पुस्ताका उद्यमीलाई केही सिक्ने अवसर उपलब्ध गराउनु रहेको बताए। “बाइ द बुक नियमसङ्गत सोच हो, जसले चुनौतीहरूलाई नडराई समाधान गर्दै अघि बढ्न सिकाउँछ,” उनले भने। पुस्तकमा बुद्ध एयरको प्रारम्भिक आर्थिक संकट, व्यवस्थापन सूत्र, नेतृत्वका सिद्धान्त र जोखिम मोड्ने तरिकालाई प्रस्ट गरिएको छ।

सन् १९९७ मा ४ जना कर्मचारी र एकवटा जहाजबाट सुरु भएको बुद्ध एयरमा अहिले १५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। कम्पनीसँग अहिले १८ थान एटिआर जहाज छन् र देशभर ४० भन्दा बढी गन्तव्यमा उडान गर्दै दुई करोडभन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ।

पुस्तकले केवल एक कम्पनीको कथा नभएर नेपालको उद्यमशीलता, नेतृत्व र सफल व्यवस्थापनको प्रतिबिम्ब प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?