काठमाडौं- हालै सार्वजनिक भएको गजल ‘गजलका कुराले’ नेपाली गजलसाहित्य र संगीतको क्षेत्रमा विशेष चर्चा कमाइरहेको छ।
कवि तथा गजलकार उत्तम विचार भेटुवालको शब्दमा आधारित यो गजलमा बबिना भट्टराईको स्वर र संगीत रहेको छ। परम्परागत शैली र आधुनिकता बीचको सन्तुलन कायम राख्दै गजलले प्रेम, पीडा, विरह, सामाजिक र आत्मिक पक्षहरुलाई गहिरो रुपमा उजागर गरेको छ।
उक्त गजललाई बिनोद भुजेलले संगीत संयोजन गरेका हुन् भने रेकर्डिङ नकुल कार्की, मिक्सिङ/मास्टरिङ प्रकाश खरेलले गरेका छन्। ए.जे. अजयको निर्देशनमा तयार भएको गजल भिडियोमा बबिना आफैं फिचर्ड छिन् र भिडियो सम्पादन अनिल विष्ट प्युठानीले गरेका हुन्।
‘गजलका कुराले’ गजलले केवल मनोरञ्जन मात्र होइन, समाज परिवर्तन, आत्मशुद्धि र भावनात्मक उपचार गर्ने सशक्त माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ। गजल युट्युब च्यानल बबिना भट्टराई मार्फत सार्वजनिक गरिएको छ भने अडियो इमेज एफ.एम. ९७.९ मा ‘मेची देखि महाकालीसम्म’ कार्यक्रममार्फत सार्वजनिक भएको हो।
गायिका बबिनाले भजन, सुगम संगीतदेखि गजलसम्म फराकिलो यात्रा तय गर्दै ‘श्री भजन्स्’ र आफ्नै बबिना भट्टराई युट्युब च्यानल मार्फत दर्शक/श्रोतासँग निरन्तर जुडिरहेकी छन्। गजल ‘गजलका कुराले’ले नेपाली गजलको संवेदनशीलता र गहिराईलाई नयाँ ढंगले उजागर गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया