काठमाडौं – चर्चित भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेठ ३ गते नेपाल आउने भएकी छन्। सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।
कार्यक्रमको आयोजना वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रालिले गरेको हो भने व्यवस्थापन मनु मिडिया प्रालिले गर्दैछ। पत्रकार सम्मेलनमार्फत अभिनेत्री फतेहीले पहिलोपटक नेपाल आउन लागेकी बताउँदै नेपाली दर्शकबाट पाइरहेको मायाका लागि धन्यवाद व्यक्त गरेकी छन्।
‘दिलबर दिलबर’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’जस्ता हिट गीतकी नायिका फतेहीको प्रस्तुतिसँगै कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा आदिको पनि प्रस्तुति रहनेछ। टिकट ‘खल्ती’ एपमार्फत उपलब्ध छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया