मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इजरायलमा प्रधानमन्त्री नेतान्याहु विरुद्धको जनआक्रोश चरम सीमामा

काठमाडौंँ – इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्धको जनआक्रोश अहिले चरम सीमामा पुगेको छ । शनिबार राति देखी राजधानी तेल अवीभमा भइरहेकाे प्रदर्शनका क्रममा मानिसहरू सडकमा नेतान्याहुको मास्क लगाएर ‘काटेको टाउको’ पुत्ला राखेर विरोध गरेका छन् ।

नेतान्याहुको अनुहारको मास्क लगाएका प्रदर्शनकारीहरूले सडकमा ‘काटिएको टाउकोको पुत्ला’ राखेका छन । नक्कली रगतले लतपतिएको ब्यान्डेजले बेरेर सडकको बिचमा एकजना व्यक्ति लडिरहेको देखिएको छ । यी मास्कहरूमा ‘अपराधी’ र ‘खतरा’ जस्ता शब्दहरू लेखिएका थिए। यो दृश्यले इजरायलभर सनसनी मच्चाएको छ।

प्रधानमन्त्री नेतन्याहुले सो प्रदर्शनलाई ‘राजनीतिक हत्याका लागि प्रत्यक्ष उक्साहट’ को रूप भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यो आन्दोलनले बन्धकहरूलाई सहयोग गर्दैन, बलिको बोका बनाएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ ।’

उनले आन्तरिक सुरक्षा निकाय ‘शिन बेट’लाई अहिलेसम्म यस्तो ‘प्रतिकात्मक प्रदर्शन’ गर्ने माथि कारबाही किन नगरेको प्रश्नसमेत गरेका छन् । नेतान्याहुको सत्तारूढ पार्टी ‘लिकुड’ ले भने सो विरोध प्रदर्शनलाई ‘पागलपन’ भनेको छ । ‘यो प्रधानमन्त्रीको हत्याको खुला उक्साहट हो । महान्यायाधिवक्ता र शिन बेट प्रमुख रोनेन बारले तुरुन्तै कारबाही गर्नुपर्छ,’ नेतान्याहुको पार्टीले कडा प्रतिक्रिया दिदैँ भनेको छ।

हालै नेतान्याहुले ‘कतार गेट’ काण्डको अनुसन्धानका क्रममा शिन बेटका प्रमुख रोनेन बारलाई बर्खास्त गरेका थिए। विपक्षीले यो कदमलाई अनुसन्धान दबाउनको षड्यन्त्र भन्दै सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।

विपक्षी नेता यायर लापिडले नेतान्याहुको दृष्टिकोणले देशलाई ‘राजनीतिक हत्या’ को खतरनाक दिशामा धकेलिरहेको भन्दै आपत्ति जनाएका छन् । उनी माथी करोडौं डलर घोटलाको आरोपमा छानबिनको माग गर्दै अदालतमा उजुरी गरिएको छ। उनी त्यसको जवाफ दिन अदालत गए पनि गाजामा हमाससँग भइरहेको द्दन्दलाई कारण देखाउँदै उम्कन खोजिरहेका छन् ।

तर, पछिल्लो शनिवार राती भएको सो प्रदर्शनले भने नेतान्याहु निकै बिचलित भएका छन् । त्यस्तो ‘अराजक प्रदर्शन’ गर्नेलाइ कारबाही गर्न प्रहरीलाई ठाडो निर्देशनसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?