मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इरान-अमेरिका बिच तेस्रो चरणकाे बार्ता सम्पन्न, दुवै पक्ष ‘ह्याप्पी मुड’ मा

काठमाडौँ – इरान र अमेरिकाबीचको तेस्रो चरणको परमाणु वार्ता ओमानको राजधानी मस्कटमा शनिबार सकिएको छ । तेहरानको तीव्र गतिमा अघि बढिरहेको आणविक कार्यक्रमलाई लिएर इरान र अमेरिकाबीचको तेस्रो चरणको वार्ता शनिबार सकिएको हो ।

ओमानको राजधानी मस्कटमा भएको सो वार्तामा धेरै गम्भीर विषयमा गहिरो छलफल भएको र आगामी दिनमा फेरि भेट्ने प्रतिबद्धता दुवै पक्षले भने गरेका छन् । वार्ताका क्रममा केही सकारात्मक संकेत देखिएको छ, यद्यपि धेरै प्रमुख मुद्दाहरूमा मतभेद कायमै रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

जानकारीका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्तापछि सरकारी टेलिभिजनलाई भने कि दुवै पक्षले दिनभर लिखित बुँदाहरू आदानप्रदान गरे र यस पटकको वार्ता पहिलेभन्दा बढी गम्भीर र परिणाममुखी बनाउन केन्द्रित भएको बताए।

उता, अमेरिकी मध्यस्थ स्टिभ विटकफसँग सम्बन्धित स्रोतले पनि वार्ता समाप्त भएको पुष्टि गरेको छ। एक वरिष्ठ अमेरिकी अधिकारीले पनि वार्तालाई ‘सकारात्मक र फलदायी’ भनेका छन् । यद्यपि उनले अझै धेरै काम गर्न बाँकी रहेको जनाउँदै इरानसँगको अर्को वार्ता युरोपमा छिट्टै हुने आशा व्यक्त गरेका छन् ।

मध्यस्थकर्ताको भुमिका निभाइरहेको ओमानका विदेशमन्त्री बद्र अल बुसैदीले पनि वार्ताको सकारात्मक नतिजालाई औंल्याउँदै दुवै पक्षले आपसी सम्मान र दिगो प्रतिबद्धतामा आधारित सम्झौताको साझा आकांक्षालाई मान्यता दिएको बताए।

उनले आधारभूत सिद्धान्त, उद्देश्य र प्राविधिक सरोकारका विषयमा छलफल भएको र अर्को उच्चस्तरीय बैठक मे ३ गते बस्ने तयारी गरिएको बताए। यसअघि मस्कट र रोममा पनि यस्तै दुई चरणको वार्ता भइसकेको छ।

आणविक वार्ताको उद्देश्य इरानको आणविक कार्यक्रमलाई सीमित गर्नु र बदलामा अमेरिकाबाट इराक माथि लगाइएको कडा अमेरिकी प्रतिबन्ध हटाउनु मुख्य रहेको छ । उल्लेखनीय छ कि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा सन् २०१५ मा भएको आणविक सम्झौताबाट एकतर्फी रूपमा बाहिरिएका थिए, जसका कारण यस क्षेत्रमा तनाव बढिरहेको छ ।

तर, यसपटक ट्रम्पले वार्तामा प्रगतिको आशा व्यक्त गरे पनि सहमति हुन नसकेमा सैन्य कारबाहीको विकल्प खुला रहेको चेतावनी पनि दिइसकेका छन् । साथै, वार्ताबाट केही सकारात्मक नतिजा आउने र इरानको आर्थिक स्थितिमा सुधार आउन सक्नेमा इरानी जनता पनि आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?