काठमाडौँ- आज (शुक्रबार)बाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘खेल’ र ‘भूठान’ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक–अर्कोसँग भिड्न लागेका हुन् ।
भूठान’लाई विनोद पौडेलले निर्देशन गरेका छन् । कथा पनि उनी आफैँले लेखेका छन् । अंग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’नाम रहेको यो चलचित्रमा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । चलचित्रमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको अभिनय छ ।
चलचित्र ‘खेल’लाई अनुराग प्रधान र आस्था श्रेष्ठले निर्देशन गरेका छन् । चलचित्रमा सुरक्षा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतमलगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया