मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिनावारी सुरु र सुक्ने उमेर घट्दै, विशेषज्ञ भन्छन् जीवनशैली नै मुख्य कारण

काठमाडौं । एक समयमा किशोरावस्थामा प्रवेश गरेपछि मात्र महिनावारी सुरु हुने मान्यता थियो १२ देखि १४ वर्षको बीचमा। तर, अहिले त्यो उमेर घटेर ९–१० वर्षमै झरेको छ। यति मात्रै होइन। महिनावारी सुक्ने उमेर अर्थात् रजोनिवृत्ति हुने उमेरसमेत क्रमशः घट्दो अवस्थामा छ। पहिल्यै ४५–५० वर्षको हाराहारीमा हुने रजोनिवृत्ति अहिले धेरै महिलामा ४० वर्षभन्दा अगाडि नै सुरु भएको पाइन्छ।

महिनावारी सुरु र सुक्ने उमेर घट्नुको कारण के हो?
विशेषज्ञहरू यसलाई मुख्यत: जीवनशैलीमा आएको परिवर्तन सँग जोड्छन्।

जीवनशैलीको प्रभाव
आजकलका बालबालिका शारीरिक रूपमा कम सक्रिय छन्। मोटोपन बढ्दो छ, तनाव बढी छ। मोबाइल र टिभीमा धेरै समय बिताउँछन्। जसले गर्दा हार्मोनल प्रणालीमा असर पर्छ। पहिलेका बालिकाहरू बाहिर दौडिने, खेल्ने, खेतबारी गर्ने आदि कार्यमा सक्रिय हुन्थे। अहिले भने थोरै गतिविधि र बढी बैसालु जीवनशैलीका कारण शरीरमा बोसो जम्ने, हार्मोन गडबडी हुने र त्यसकै कारण महिनावारी छिट्टै सुरु हुने देखिन्छ।

आनुवंशिक असर पनि महत्वपूर्ण
यदि आमाको महिनावारी सुरु हुने वा सुक्ने उमेर कम थियो भने, छोरीमा पनि सोही ढर्राको सम्भावना हुन्छ। त्यसैले, पारिवारिक पृष्ठभूमिले पनि प्रभाव पार्न सक्छ।

रजोनिवृत्तिको कारणहरू विस्तृतमा
रजोनिवृत्ति भन्नाले के बुझिन्छ? महिलाको जीवनको त्यो अवस्था जब महिनावारी स्थायी रूपमा बन्द हुन्छ। यसको प्रमुख कारण हो अण्डाको संख्या सकिनु।

कारणहरू:
प्राकृतिक प्रक्रिया : उमेरसँगै शरीरमा रहेका अण्डाहरू सकिँदै जान्छन्।
अटोइम्युन रोगहरू : शरीरको रोग प्रतिरोधात्मक प्रणालीले अण्डाशयलाई आक्रमण गर्ने।
गम्भीर उपचारहरू : जस्तै क्यान्सरको उपचार (केमोथेरापी, रेडिएशन), जसले अण्डाशयको कार्य क्षमतामा असर पुर्याउँछ।
पाठेघर हटाउनु : पाठेघरसँगै अण्डाशय हटाइएमा महिनावारी सिधै बन्द हुन्छ।
धुम्रपान : धुम्रपानले अण्डाशयको बायोलोजिकल उमेर छिटो बढाउँछ।

रजोनिवृत्तिका लक्षणहरू
रजोनिवृत्तिका समयमा महिला शरीरमा एस्ट्रोजोन र प्रोजेस्टेरोन हर्मोनको स्तर घट्छ, जसका कारण यी लक्षण देखिन सक्छन्:
निद्रा नलाग्ने
रातको समयमा पसिना आउने
तातो–चिसोको असहज अनुभूति
ढाड, कम्मर र जोर्नी दुख्ने
हाड कमजोर हुने, हृदयसम्बन्धी जोखिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?