मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित

जनकपुरधाम – बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केवरस्थित शाखा अस्पतालले आयोजना गरेको तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित भएका छन् । शिविरबाट धनुषा, महोत्तरी तथा सिरहाका आँखाका बिरामी लाभान्वित भएको अस्पतालले जनाएको छ ।

त्यस अवसरमा बिरामीहरुको निःशुल्क रुपमा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रुइत फाउण्डेशन र स्थानीय पालिकाहरुको समन्वय एवम् सहयोगमा आयोजित शिविरमा ३५२ जना पुरुष तथा ३२२ जना महिलाले सेवा लिएका थिए ।

शिविरअन्तर्गत तीन जिल्लाका विभिन्न स्थानमा पुगेर सेवा दिइएको थियो । शिविरमा आँखा जाँचका क्रममा भेटिएका बिरामीहरुको ढल्केवरस्थित अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका निर्देशक तथा जलविन्दु विशेषज्ञ डा दिक्षा मल्लले जानकारी दिइन् ।

उनका अनुसार महोत्तरीको गौशाला, औरही, भङ्गहा बर्दीबास, मटिहानी र धनुषाको मिथिला तथा नगराइन एवम् सिरहाको कल्याणपुर तथा नरहालगायतका स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

गत माघ ६ गते सुरु भएको शिविर आज सम्पन्न भएको हो । शिविरमा डा दिक्षा मल्ल, कोर्निया विशेषज्ञ डा लिशा श्रेष्ठ, अकुलोप्लास्टी विशेषज्ञ डा साकेत पराजुली तथा डा उमेश साहले सेवा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?