मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्याजले तपाईंलाई गर्मीबाट मात्र बचाउँदैन, यी रोगहरूबाट पनि बचाउँछ, यसरी प्रयोग गर्नुहोस्

काठमाडौँ – गर्मीयाममा विशेषत हामीले शरीर चिसो बनाउने खानेकुरा वा फलफूल जस्तै खर्बुजा, काक्रो, नरिवल, सुन्तला, कागती, अंगुर, भुइकटर, अनार, अम्बा, आदि खाने गर्नु पर्दछ ।

यस्ता फलफूलले पनि शरीरलाई हाईड्रेट गर्ने गर्दछन् । त्यसै गरी अदुवा, बेसार, मरिच, तोरी, लगायत शरीरलाई गर्मी गर्ने खानेकुराहरूलाई कम गर्नु पर्दछ ।

यसैगरि गर्मीमा काँचो प्याज सेवन गर्नाले तपाईंलाई धेरै प्रकारका समस्याहरूबाट बचाउन सकिन्छ। यसका फाइदाहरू के के छन् जानौं ।

मधुमेह नियन्त्रण गर्छ – प्याजमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने र इन्सुलिन संवेदनशीलता बढाउने तत्वहरू हुन्छन्।

मुटु रोगबाट बच्नुहोस् – प्याजमा पाइने क्वेरसेटिन नामक एन्टिअक्सिडेन्टले रक्तचाप र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ, जसले मुटु रोगको जोखिम कम गर्छ।

एलर्जीबाट बचाउँछ – प्याजमा एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुण हुन्छ, जसले चिसो, खोकी, घाँटी दुख्ने र मौसमी एलर्जीबाट बचाउन सक्छ।

गर्मी र घामबाट बचाउने – प्याजले शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ र भित्रबाट शीतलता प्रदान गर्छ। यो गर्मीबाट बच्नको लागि एक राम्रो घरेलु उपचार हो।

पाचन सुधार गर्छ – प्याजमा फाइबर र प्रीबायोटिक तत्वहरू हुन्छन्, जसले आन्द्रालाई स्वस्थ राख्छ र पाचन सुधार गर्छ।

कसरी सेवन गर्ने ?

बिहान वा दिउँसो सलादको रूपमा काँचो प्याज खानुहोस्। यसबाहेक, प्याज काटेर कानको पछाडि वा खुट्टाको तलामा लगाउनाले पनि गर्मीबाट बच्न मद्दत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?