मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आयुष्मान खुरानाकी पत्नीलाई फेरि स्तन क्यान्सर

मुम्बई। अभिनेता आयुष्मान खुरानाकी पत्नी तथा फिल्म निर्माता ताहिरा कश्यप फेरि एकपटक स्तन क्यान्सरसँग लड्दै छिन् ।

सोमबार ताहिराले आफ्नो इन्स्टाग्राममा एक भावनात्मक पोस्ट सेयर गर्दै उक्त जानकारी दिएकी हुन्। ताहिराका अनुसार उनलाई सात वर्षपछि फेरि स्तन क्यान्सर भएको हो।

उनलाई सन् २०१८ मा पहिलो पटक स्तन क्यान्सर भएको थियो। ‘मेरो लागि यो राउन्ड २ हो। तर ममा अझै धेरै हिम्मत छ। जब जिन्दगीले कागती दिन्छ भने कागती पानी बनाउनु पर्छ। यदि धेरै पटक कागती दियो भने त्यसलाई कालो अमिलो पानीमा परिवर्तन गर्नुपर्छ र शान्तिले पिऊँनु पर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?