मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हेयर स्पाका फाइदाहरू: कपालको स्वस्थ्य र आकर्षकता बढाउने प्रभावकारी उपचार

काठमाडौँ। हेयर स्पा भनेको कपाल र टाउको गहिरो स्याहार गर्ने एक प्रकारको उपचार प्रक्रिया हो। जसले कपाललाई स्वस्थ, चम्किलो, मजबुत र आकर्षक बनाउँछ। आजकलको दैनिकी, प्रदूषण, तनाव, अनियमित खाना–पान, र केमिकलयुक्त उत्पादनहरूका कारण हाम्रो कपाल कमजोर, सुख्खा, र ड्याण्ड्रफयुक्त बन्ने सम्भावना हुन्छ। यस्तो अवस्थामा हेयर स्पा एक प्रभावकारी समाधान हो।

१. कपाल झर्ने समस्यामा सुधार
हेयर स्पाले टाउकोको छालामा राम्रोसँग मसाज गरिन्छ, जसले रक्तसञ्चार (blood circulation) बढाउँछ। रक्तसञ्चार राम्रो हुँदा कपालका जरामा पर्याप्त पोषण पुग्छ र कपालको ग्रोथ सक्रिय हुन्छ। यसले कपाल झर्नु कम गर्छ र नयाँ कपाल उम्‍र्न सहयोग पुर्‍याउँछ।

२. कपाललाई मुलायम, चम्किलो र व्यवस्थित बनाउँछ
स्पा गर्दा प्रयोग गरिने हेयर मास्क, स्टीम, र कन्डिसनरले कपालमा नमी (moisture) ल्याउँछ। सुख्खा, बिग्रिएको, वा फ्रिजी कपाललाई यसले नरम, चम्किलो र हातलाग्दो बनाउँछ। स्पा पछि कपालको बनावट (texture) नै परिवर्तन भएको महसुस हुन्छ।

३. ड्याण्ड्रफ (रूसी) हटाउन मद्दत गर्छ
ड्याण्ड्रफ टाउकोमा हुने सुख्खापन, फंगल इन्फेक्सन वा अत्यधिक तेलका कारण हुन्छ। हेयर स्पा स्क्याल्पलाई सफा गर्छ र पोषण दिन्छ। यसले ड्याण्ड्रफ घटाउने वा पूर्णरूपमा हटाउने काम गर्छ।

४. तनाव घटाउने प्रभाव
हेयर स्पाको एक महत्वपूर्ण पक्ष भनेको मसाज हो। मसाजले टाउकोमा रिल्याक्सेसन ल्याउँछ र मानसिक तनाव (stress) कम गर्छ। यो केवल कपालको स्याहार मात्र होइन, मानसिक सन्तुलन कायम गर्न पनि सहयोगी हुन्छ।

५. टाउकोको छालालाई (Scalp) स्वस्थ बनाउँछ
हेयर स्पाले स्क्याल्पको क्लिन्जिङ (cleansing) गरी मृत कोष (dead cells) हटाउँछ, छालाको सन्तुलन कायम राख्छ र संक्रमणबाट जोगाउँछ। यो स्क्याल्प हाइड्रेट गर्न पनि उपयोगी छ, जसले खुजली, चिलाउने समस्या हटाउँछ।

६. कपालको ग्रोथ बढाउँछ
रक्तसञ्चार बढ्नु, पोषण मिल्नु र स्क्याल्प सफा हुनु — यी सबै कुराले कपालको वृद्धिमा सहयोग पुर्‍याउँछ। विशेष गरी स्लो ग्रोथ भएका मानिसका लागि हेयर स्पा उपयोगी हुन्छ।

७. केमिकल ड्यामेज सुधार गर्छ
हेयर कलर, स्ट्रेटनिङ, रिबन्डिङ, ब्लिच आदि केमिकल उपचारहरूले कपाल कमजोर बनाउँछन्। हेयर स्पामा प्रयोग हुने पौष्टिक तत्वहरूले ड्यामेज भएको कपाल मर्मत गर्छ, कपालमा पुनः जीवन ल्याउँछ।

८. कपाललाई उल्झिनबाट जोगाउँछ
स्पा पश्चात कपाल सफा, नरम र ग्लोसी हुने भएकाले झमेला हट्छ, उल्झन कम हुन्छ, र कपाल सजिलै कन्भ्रोलमा आउँछ। यसले हेयर स्टाइल गर्न सजिलो बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?