मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

थ्री इडियट्सका असली र्‍यान्चो भन्छन्- म फिल्ममा देखाएजस्तो छैन

काठमाडौं- बलिउड स्टार आमिर खानकोे सफल चलचित्र हो – थ्री इडियट्स । इन्जिनियरिङ पढ्ने विद्यार्थीको जीवनमा बनाइएको चलचित्रले क्रिटिक र दर्शकको मन जितेको छ ।

यस फिल्ममा उनले रन्चोडदास चाँचड अर्थात् र्‍यान्चोको भूमिका निभाएका छन् । रन्चोडदास चाँचड भारतीय इन्जिनियर, इनोभेटर र शिक्षासेवी सोनम वाङ्चुकको जीवनमा आधारित पात्र हो ।

हालै एक अन्तरवार्तामा उनले थ्री इडियट्समा र्‍यान्चोको भूमिकाबारे चर्चा गरेका छन् । आफूले थ्री इडियट्स फिल्म हेरेको र फिल्मले सकारात्मक सन्देश दिएको पनि बताए । तैपनि आफ्नो जीवन र फिल्ममा र्‍यान्चोको भूमिकामा केही अन्तर रहेको उनको भनाइ छ ।

लल्लनटपलाई दिएको अन्तरवार्तामा उनले फिल्ममा र्‍यान्चोको पात्रभन्दा आफू धेरै सुन्दर रहेका कारण पनि फिल्मले आफ्नो मर्म नसमेटेको उनको भनाइ छ ।

राजकुमार हिरानीले निर्देशन गरेको थ्री इडियट्स सन् २००९ मा रिलिज भएको थियो । फिल्ममा आमिर खानका साथै आर माधवन र शरमन जोशीले पनि अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?