काठमाडौँ। बलिउड अभिनेता ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन खानबीच सम्बन्धविच्छेदपछि पनि राम्रो मित्रता कायम छ।
दुवैले एकअर्काको विशेष अवसरमा बधाई साटासाट गर्छन्।हालै सुजैन खानले हैदराबादमा आफ्नो नयाँ प्रोजेक्ट सुरु गरेकी छन्। हालै सुजैनले हैदराबादमा आफ्नो नयाँ इन्टेरियर डिजाइन सुरु गरेकी छिन्, जसलाई ऋतिकले इन्स्टाग्राममा बधाई दिएका छन्।
ऋतिकले सुजैनको मेहनतको प्रशंसा गर्दै भने, “२० वर्षअघि देखेको सपना आज यथार्थ बनेको छ।” यो अवसरमा पोस्ट गरिएको भिडियो रिलमा सुजैनको नयाँ इन्टेरियर डिजाइन र उनका डिजाइनहरू देख्न सकिन्छ।
सम्बन्धविच्छेदपछि पनि उनीहरू सहअभिभावकका रूपमा छोराहरू रिहान र रिदानलाई सँगै हुर्काइरहेका छन्। हाल, ऋतिक सबा आजादसँग र सुजैन अर्सलन गोनीसँग सम्बन्धमा छन्, तर चारै जना प्राय सँगै देखिन्छन्।
तर बिहेको १७ वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया