मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छालामा फंगल र ब्याक्टेरियल संक्रमण: लक्षण र उपचारका उपायहरू

काठमाडौँ। छालामा हुने फंगल र ब्याक्टेरियल संक्रमण दुई प्रमुख स्वास्थ्य समस्या हुन्। यी दुवै प्रकारका संक्रमणले छालामा विभिन्न लक्षण उत्पन्न गर्न सक्छन्। जस्तै रातोपन, खटिरा, चिलाउने समस्या, फोका, दाग आदि।

१. छालाको फंगल संक्रमण
फंगल संक्रमण (Dermatophytosis or Mycosis) तब हुन्छ जब छालामा चिलाउने, रातो हुने, चायाँ पर्ने वा दाग आउने समस्या देखिन्छ।

मुख्य प्रकारहरू
-रिङवर्म (दाद)
गोलाकार रातो दाग हुन्छ।
धेरै चिलाउने र फैलिने खालको हुन्छ।
शरीरका विभिन्न भागमा देखिन सक्छ।

-एथ्लिट्स फुट (पाइले पसिना आउनु)
खुट्टाको औंलाबीच छाला फाट्ने, रातो हुने, चिलाउने।
धेरै पसिना आउने वा जुत्ता लामो समय लगाउँदा हुने।

-क्यान्डिडियासिस(छालामा चायाँ)
विशेष गरी गोडा, काँख, पेट मुनि वा महिलाहरूमा स्तनमुनि देखिने।
सेतो रंगको पाप्रा आउन सक्छ।

-फंगल नङ संक्रमण
नङ बाक्लो हुने, पहेंलो वा कालो देखिने।
नङ टुट्ने वा फाट्ने।

-फंगल संक्रमणको कारणहरू:
धेरै पसिना आउनु।
चिसो वा नमीयुक्त ठाउँमा बस्नु।
व्यक्तिगत सरसफाइको कमी।
कमजोर रोग प्रतिरोधी क्षमता।

-छालाको ब्याक्टेरियल संक्रमण
ब्याक्टेरियल संक्रमण तब हुन्छ जब छालामा ब्याक्टेरिया प्रवेश गरी संक्रमण गराउँछ।

-मुख्य प्रकारहरू:
-सेलुलाइटिस
छाला रातो, सुन्निने, तातो महसुस हुने।
गहिरो संक्रमण भए ज्वरो आउन सक्छ।

-इम्पेटाइगो
बच्चाहरूमा बढी देखिने संक्रमण।
अनुहार, नाक, मुखको वरिपरि फोका उठ्ने।

-फोलिक्युलाइटिस
कपाल उम्रने ठाउँहरूमा सानो फोका उठ्ने।
धेरै जसो शेभिङ गरेपछि वा पसिनाले हुने।

-फर्नुकल (फोड़ा)
छालामा दुख्ने, पीप भरिएको फोका उठ्ने।
ब्याक्टेरिया प्रवेश गर्दा हुने।

-ब्याक्टेरियल संक्रमणको कारणहरू:
घाउ वा काटिएको ठाउँमा ब्याक्टेरिया प्रवेश गर्नु।
सरसफाइको कमी।
कमजोर प्रतिरक्षा प्रणाली।

फंगल र ब्याक्टेरियल संक्रमणबाट जोगिने उपायहरू:
-नियमित सरसफाइ गर्नुपर्छ।
-धेरै पसिना आउने ठाउँ सुक्खा राख्नुपर्छ।
-अरूसँग व्यक्तिगत सामान (रुमाल, तोलिया, कपडा) शेयर नगर्नुहोस्।
-उचित खाना खानु, रोग प्रतिरोधी क्षमता बढाउनु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?