मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । फागुन १८ देखि जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो ।

जिल्लाका खोपका लागि पहिचान गरिएका एक सय नौ किशोरीमध्ये ९० किशोरीलाई लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार २१ किशोरीले भने जिल्ला बाहिर नै खोप लगाएका छन् । 

जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको उनले बताए । खोप अधिकृत श्रेष्ठले भने, “जिल्लाभित्रका किशोरीलाई जिल्लामा तोकिएका केन्द्रबाट खोप लगाइयो भने बाहिर रहेका किशोरीले बाहिरी जिल्लाकै खोप केन्द्रबाट खोप लगाएका छन् ।”

कक्षा ६ देखि १० सम्मका अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप पहिचान गरिएको उनले बताए । श्रेष्ठले भने, “विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरी एचभिपी खोपका लागि पहिचान गरिएको थियो, २१ जनाले बाहिरी जिल्लाबाट खोप लगाएको जानकारी प्राप्त भएको छ ।” 

मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउनका लागि खोप केन्द्र तोकिएको थियो । जिल्लामा दुई सय थान खोप जिल्लामा भित्रिएकामा ९० थान मात्रै प्रयोग भएको उनको भनाइ छ ।

गत फागुनको १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक विाद्यालय, गौरीशङ्कर आधारभूत विद्यालय र नासोंको प्रकाश ज्योति माध्यमिक विद्यालयको खोप केन्द्रबाट खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुनाले बताए ।

खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकामा रहेको २४ वटै स्वास्थ्य संस्थाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्याल मनाङ र जिल्ला आयुर्वेदिक अस्पताल मनाङको प्रत्यक्ष सहभागितामा खोप लगाइएको हो । 

नासों गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्रबाट किशोरीलाई एचपिभी खोल लगाइएको कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?