मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

काठमाडौँ – भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ‘इसरो’ ले ‘स्पेस डकिङ’ ‘स्पाडेक्स’ मिशन अन्तर्गत दुईवटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ ।

इसरोले स्थानीय समय अनुसार बिहान ०९ः२० बजे पहिलो प्रयासमा स्पाडेक्स उपग्रहहरू अनडक गर्ने महत्वपूर्ण कार्य पूरा गर्यो । अन्तरिक्ष एजेन्सीले उपग्रहहरूको अनडकिङ ४५ डिग्रीको झुकावमा ४६० किलोमिटरको गोलाकार कक्षमा भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, एजेन्सीले उपग्रहहरू अहिले स्वतन्त्र रूपमा परिक्रमा गरिरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।

स्प्याडेक्स जनवरी १६, सन् २०२५ मा डक गरिएका थिए । एक वरिष्ठ अधिकारीका अनुसार पछिल्लो अन्तरिक्ष विकासले भारतीय अन्तरिक्ष स्टेशन, चन्द्रमा अभियान र आकाश यान लगायत भविष्यका अभियानहरूको सहज सञ्चालनको लागि मार्ग प्रशस्त गर्नेछ ।

इसरोले डिसेम्बर ३०, सन् २०२४ मा दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा अवस्थित बङ्गालको खाडीको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट दुई उपग्रहहरू – एसडीएक्स०१ र एसडीएक्स०२ सहित ध्रुवीय उपग्रह प्रक्षेपण यान ९पीउस्एलभी–सी६०० प्रयोग गरेर स्पाडेक्स मिसन प्रक्षेपण गरेको थियो ।

“डक गरिएका उपग्रहहरूको इन–अर्बिट कार्यसम्पादनको व्यापक विश्लेषण गरिएको थियो । सम्पूर्ण सञ्चालनलाई ग्राउन्ड स्टेशनहरू मार्फत निगरानी गरिएको,” इसरोले जनाएको छ । 

“अनडकिङको यो प्रमुख कोशेढुङ्गा हासिल गरेपछि, आगामी दिनहरूमा उपग्रहहरूसँग थप प्रयोगहरूको योजना बनाइएको छ,” एजेन्सीले विज्ञप्तिमा उल्लेख गरेको छ  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?