मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिरानीमा मोबाइल राखेर सुत्ने गरेको छ ? यो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ!

काठमाडौं। मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन । सबैको हात हातमा मोबाइल छ । हात हातमा मोबाइल नहुने मान्छे त बिरलै पाइछ आजकाल । मोबाइल फोन मानिसको जीवनको महत्वपूर्ण साथी नै बनिसकेको छ । हिजोआज मानिसको सबैभन्दा नजिक साथी नै मोबाइल बनेको छ ।

धेरै मानिसको मोबाइल फोनलाई रातिसँगै राखेर वा सिरानीमा राखेर सुत्न बानी हुन्छ । तर यो बानी स्वास्थ्यकालागि भने हानिकारक हुन सक्छ । मोबाइलको ब्याट्रीबाट सयभन्दा बढी विषालु ग्याँस निस्कने केही अनुसन्धानले देखाएको छ । यस्तोमा लिथिएम आयन ब्याट्रीबाट कार्बोन मोनोअक्साइड ग्याँस निस्कन्छ, जसले आँखा, छाला तथा नाकमा जलन पैदा गर्ने र कालान्तरमा यसले मानिसलाई रोगी समेत बनाउने अध्ययनकर्ताले बताएका छन् ।

चीनको इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरुले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने बताउँदै यसलाई सँगै लिएर नसुत्न चेतावनी दिएका छन् ।

अनुसन्धानकर्ताहरुको एक समूहले लिथियम–आयन ब्याट्रिबाट निस्कने सयवटाभन्दा बढी विषालु ग्याँसको पहिचन गरेको छ । यसमा कार्बोन मोनोअक्साइड पनि समावेश छ । यस्तो ग्याँसले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्दछ । यो ग्याँसले वरिपरिको माहोललाई पनि ठूलो मात्रामा नोक्सानी पुर्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?