मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सोमवार जन्म हुने व्यक्ति कस्ता हुन्छन् ? अद्भूत गुण र आनीबानी जान्नुहोस्

काठमाडौँ। मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषले बताउने गरेका छन् ।

त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

सोमवारः 

– सोमवार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।

– तपाई मृदुभाषी हुनुहन्छ तर तपाई निकै ‘मुडी’ हुनुहुन्छ ।

– तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै ‘नर्भस’ हुनुहुन्छ ।

– तपाईलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।

– तपाईका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।

– तपाई पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।

– सोमवार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

– सोमवार जन्मेका पुरुषहरू निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

– तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

– हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको ‘मुडी’ स्वभावले तपाईलाई तनाव दिने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?