मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुर्वप्रेमी शाहिदलाई करीनाले अंगालो हालेपछि भिडियो र तस्बीर भाइरल

काठमाडौँ – अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी ‘आइफा’ २०२५ जयपुरमा सुरु भएको छ, जहाँ धेरै बलिउड सेलिब्रेटीहरू आइपुगेका छन् ।

यसैबीच, आईफा पत्रकार सम्मेलनको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा करीना कपूर खानले शाहिद कपूरलाई अँगालो हालेको भिडियो र तस्बीर सामाजिक सञ्जालमा भाइरल भएकाे हाे ।

यति मात्र होइन, करिनाले पनि रोकिएर शाहिदसँग कुरा गरिन् र सँगै उभिएर पोज पनि दिइन् । यो भिडियो र तस्बीर अहिले भाइरल भइरहेको छ र फ्यानहरूले पनि यसमा धेरै टिप्पणी गरिरहेका छन्।

गत वर्ष दादा साहेब फाल्के अवार्डबाट करिनाले शाहिदलाई बेवास्ता गर्दै रेड कार्पेटमा अगाडि बढेको भिडियो र तस्बीर भाइरल भएको थियो ।

करिना र शाहिदले २००४ मा फिल्म ‘फिदा’ को सेटदेखि एकअर्कालाई डेट गर्न थालेका थिए । दुवैले २००७ सम्म एकअर्कालाई डेट गरे । उनीहरुले सार्बजनिक रुपमै आफ्नो प्रेम व्यक्त गरेका थिए ।

त्यसपछि फिल्म ‘जब वी मेट’ को छायांकनको क्रममा दुवै अलग भएका थिए । दुवैले २०१६ मा फिल्म ‘उडता पंजाब’ मा पनि सँगै काम गरेका थिए, तर त्यसमा उनीहरूको कुनै पनि दृश्य थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?