मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शंका गर्ने व्यक्तिलाई संसारमा कहिल्यै शान्ति मिल्दैन

काठमाडौँ। हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहने गर्छ। उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण हुन सक्छ ।

– शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त बाहिर नै ।

– यदी मनलाई आफ्नो वसमा राख्न सकिएन भने यसले तपाईं आफैं विरुद्ध शत्रुको व्यावहार गर्दछ ।

– यदी विश्वासका साथ निरन्तर लागि रहन्छ भने हरेक व्यक्ति जे ऊ चाहन्छ त्यो पाउन सक्छ ।

– मानिस आफ्नो विश्वासद्वारा निर्माण हुन्छ, ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।

– केवल मन मात्र कसैको मित्र वा शत्रु हुन्छ बाँकी सबै भ्रम मात्र हो ।

– नरकका तीन द्वार छन्

– क्रोध, वासना र लोभ ।

– तपाईंलाई कर्मको फलको कुनै इच्छा नै छैन भने कर्मले कुनैपनि हालतमा बाध्न सक्दैन ।

– जसले आफ्नो काममा आनन्द मान्द छ, तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?