मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफ्नो वाईफाई पासवर्ड बिर्सनुभयो ?, यसरी हेर्न सकिन्छ सेभ गरिएको पासवर्ड

काठमाडौँ– हामीमध्ये धेरैले घर र अफिसमा वाईफाई प्रयोग गर्ने गर्दछौँ । सूचना प्रविधिको विकाससँगै वाईफाईको प्रयोग बिना धेरै काम असम्भव जस्तै भएका छन् ।

तर धेरै पटक हामी वाईफाई को पासवर्ड बिर्सने समस्या समेत भोगिरहेका हुन्छौँ । तर चिन्ता नलिनुहोस्, ल्यापटपमा पहिले नै जडान भएको वाईफाई को पासवर्ड तल दिएका उपायहरू अपनाएर पत्ता लगाउन सकिन्छ ।

– सबैभन्दा पहिले तपाइको ल्यापटप वा कम्प्युटरलाइ वाईफाई मा जडान गर्नुहोस् ।

– त्यसपछि कन्ट्रोल प्यानलमा गइ नेटवर्क र साझेदारी केन्द्रमा क्लिक गर्नुहोस् ।

– एडाप्टर सेटिङ्ग्स परिवर्तन गर्नुहोस्मा क्लिक गरेपछि तपाईले बिर्सनुभएको ध्ष्(ँष् नेटवर्कमा राइट क्लिक गरेपछि देखिने स्टेटस विकल्पमा क्लिक गर्ने ।

– त्यसपछि वायरलेस गुणहरूमा क्लिक गरेपछि देखिने जडान र सुरक्षा विकल्पमा क्लिक गर्नुहोस् ।

– यहाँ क्लिक गरेपछि तपाईले Network Security को विकल्प देख्नुहुनेछ ।

– यसको तल तपाईले Show Characters को विकल्पमा क्लिक गरेर तपाईले आफ्नो वाईफाई को पासवर्ड थाहा पाउन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?