मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘माया प्रीति’का लागि कास्टिङ कल आह्वान, प्रमुख तथा सहायक कलाकारको खोजी

काठमाडौं। नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ ।

चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताए ।

चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छिन् । चलचित्रको कलाकार म्यानेजमेन्ट कम्पनी लिभेन्ट्स् स्टुडियोका अनुसार यस चलचित्रकी अभिनेत्री दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष युवा कलाकार तथा अन्य कलाकारहरूको लागि यो अडिसन आह्वान गरिएको हो ।

अडिसनमा सहभागी हुन ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गर्न सकिनेछ । अडिसनमा सहभागिताको लागि इच्छुकले आफ्नो बायोडाटा, फोटोहरूसँगै १ देखि ४ मिनेटसम्मको अभिनयको भिडियो क्लिप पठाउनुपर्नेछ ।
चलचित्रका निर्देशक श्रेष्ठका अनुसार ‘माया प्रीति’मा एक निःशर्त प्रेमको यात्रा हुनेछ, जसमा जस्तोसुकै परिस्थितिमा पनि अविरल प्रेमको महसुस हुनेछ ।

निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो । वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता सुवास चन्द्र प्रधान हुन् । चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छिन् भने कार्यकारी निर्माताकै रूपमा फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन् ।

यसै गरी, चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन्, जो २०७२ सालमा रिलिज भएको सुपर हिट चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन् । साथै, उनी एआई कलाकारका रूपमा पनि परिचित छन् । चलचित्रको छायाङ्कन चाँडै सुरु गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?