मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउथ अभिनेत्री तमन्ना र विजयको ब्रेकअप

काठमाडौँ – साउथ अभिनेत्री तमन्ना भाटिया लामो समयदेखि अभिनेता विजय वर्मासँग डेट गरिरहेकी थिइन्, तर अब यी दुईको ब्रेकअप भएको खबर बाहिर आएको छ । रिपोर्टका अनुसार तमन्ना र विजय केही हप्ता अघि अलग भएका थिए । यद्यपि, यस विषयमा दुवै पक्षबाट अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरिएको छैन ।

पिंकभिल्लाका अनुसार तमन्ना भाटिया र विजय वर्माले ब्रेकअप पछि साथी नै रहने निर्णय गरेका छन् । यद्यपि, दुवै जना अझै पनि इन्स्टाग्राममा एकअर्कालाई फलो गर्छन् र उनीहरूको सामाजिक सञ्जाल ह्यान्डलहरूमा धेरै तस्बिरहरू पनि छन् ।

विजय र तमन्नाको सम्बन्ध ‘लस्ट स्टोरीज २’ को छायांकन पछि सुरु भएको थियो। छायांकनको क्रममा, उनीहरू दुवै जना सह-कलाकार मात्र थिए र सेटमा एकअर्कासँग व्यावसायिक व्यवहार गर्थे । सुटिङपछि समापन पार्टी पछि दुवै नजिकिएका थिए । समयमा, विजयले तमन्नालाई उनीसँग धेरै समय बिताउन चाहेको बताए । यसपछि, उनीहरूको पहिलो डेट लगभग २०-२५ दिन पछि भयो ।

तमन्ना आफ्नो व्यक्तिगत जीवनका कारण सधै चर्चामा रहने गरेकी छन् । उनको नाम विराट कोहली र पाकिस्तानी क्रिकेटर अब्दुल रज्जाकसँग जोडिएको थियो ।

यसअघि तमन्नाले पनि विराट कोहलीलाई डेट गरेको हल्ला फैलिएको थियो । दुवै जनाको भेट एउटा विज्ञापनको सुटिङको क्रममा भएको थियो । यो भेटपछि दुई जनाबीच निकटता बढ्यो । यद्यपि, पछि उनीहरूको ब्रेकअप भयो । ब्रेकअपको कारण विराटले ब्राजिलियन मोडेल इसाबेलसँग डेट गर्न थालेको भनिएको थियो ।

त्यस्तै पाकिस्तानी क्रिकेटर अब्दुल रज्जाक- तमन्ना पाकिस्तानी क्रिकेटर अब्दुल रज्जाकसँग सम्बन्धमा रहेको खबर पनि आएको थियो । एक पटक दुवै जनालाई एउटा गहना पसलमा सँगै देखिएका थिए । त्यसबेलादेखि, डेटिङ समाचारले गति लिएको थियो ।

तमन्नाले आफैंले बरखा दत्तसँगको एक अन्तर्वार्तामा यसबारे भनेकी थिइन्- मलाई थाहा छैन यी हल्लाहरू कहाँबाट आए । हामी दुवै जना संयोगवश एउटै पसलमा भेटियौं । मलाई रजाक जीको लागि बढी नराम्रो लाग्यो किनभने उहाँ त्यतिबेला विवाहित हुनुहुन्थ्यो र बच्चाहरूको बुबा पनि हुनुहुन्थ्यो ।

यसपछि, तमन्नाको नाम अमेरिकामा बस्ने एक डाक्टरसँग जोडियो । यो समाचारमा पनि कुनै सत्यता थिएन । यो हल्लापछि तमन्नाले एक विज्ञप्ति जारी गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?