मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नयाँ लुगा नधोई लगाउनाले स्वास्थ्यमा पुग्दछ यस्ता असर

काठमाडौँ। धेरै जसो मानिसहरु नयाँ कपडा किने पश्चात नधोई लगाउने गर्छन् । यसले स्वास्थ्यमा नराम्रो असर पुर्याइरहेको हुन्छ ।

डर्मटाइटिस” नामक एलर्जी जब हाम्रो छालामा एलर्जी गराउने तत्व, “एलर्जेन” सँग सम्पर्कमा आउँछ तब डर्मटाइटिसको लक्षण देखा पर्न थाल्छ । तर यसको असर संक्रमण हुने बित्तिकै नदेखिएर ढिला रियाक्सन गर्दछ ।

‘प्रायः डर्मटाइटिस हामीले लगाउने लुगाबाट सम्पर्कमा आउने गर्दछ । र विशेषगरी सिन्थेटिक कपडा जस्तै नाइलन र पोलिस्टरका लुगाहरुमा प्रयोग गरिने रङमा हुने गर्दछ । यसरी नधोइएको नयाँ लुगाहरुमा यो एलर्जेन उच्च स्तरमा हुने गर्दछ । यसरी संवेदनशील छालामा पर्दा त यसले झन् धेरै असर गर्न सक्छ ।

यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको नयाँ लुगा किनेपश्चात त्यसलाई धोएर मात्र लगाउनु पर्छ। यसले कपडाबाट अतिरिक्त रङ कम गर्दै हाम्रो छालासँग एलर्जेनको सम्पर्क न्युन गराउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?